PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

वडा अध्यक्षहरुको विरोधबीच जनकपुरधाम उपमहानगरले ल्यायो १ अर्ब ६५ करोड २५ लाख ७१ हजारको बजेट



वडा अध्यक्षहरुको विरोधबीच जनकपुरधाम उपमहानगरले ल्यायो १ अर्ब ६५ करोड २५ लाख ७१ हजारको बजेट

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकाले १ अर्ब ६५ करोड २५ लाख ७१ हजार ९ सय २५ रुपैयाँको कूल बजेट सार्वजनिक गरेको छ। केही वडा अध्यक्षहरुका विरोधबीच बजेट ल्याइएको हो।  

वडा अध्यक्षहरुका असन्तुष्टिबीच नगरप्रमुख लालकिशोर साहले बुधबार मध्यरातमा नगरसभा सम्पन्न गरेका थिए। वडा अध्यक्षहरुले नीति तथा कार्यक्रम एवं योजना तर्जुमा लगायतका प्रतिवेदन पारदर्शी रुपमा सार्वजनिक गर्न माग गर्दै प्रमुख साहको विरोधमा प्रदर्शन गर्दै आएपछि निर्धारित समयमा नगरसभा हुन सकेको थिएन ।

दुई दिनको लगातारको विरोधले मंगलवार नै हुने भनिएको उपमहानगरको पाँचौ नगरसभा बुधवार पनि निर्धारित समयमा हुन सकेको थिएन्। तर, करिब राति १२ बजे नगरसभा एकाएक सम्पन्न भएको घोषणा गरियो ।

नगरसभाको तयारीका लागि योजना तर्जुमा सम्बन्धी सोमबार बसेको बोर्ड बैठकमा नगरप्रमुख साहले एकलौटी निर्णय गरी बिना कुनै जानकारी सहिछाप गर्न भनेपछि असन्तुष्ट वडा अध्यक्षले माइन्यूट च्यातेका थिए ।

नगरप्रमुख साहको विरोधमा मंगलवारदेखि धर्नामा बसेका असन्तुष्ट वडा अध्यक्षहरुले माग पुरा नभएसम्म नगरसभा हुन नदिने अडान लिएका थिए। त्यसपछि नगरप्रमुख साहले आफ्नो पक्षमा बहुमत पुर्‍याउन बुधबार राती साढे १० बजे माइन्यूटमा हस्ताक्षर गरेवापत वडा अध्यक्षहरुलाई १ लाख र वडासदस्यहरुलाई ५० हजार रुपैयाँ बाँडेको वडा नम्बर-३ का वडाध्यक्ष दिपेन्द्र साहले आरोप लगाए ।

नगरप्रमुख साहले प्रस्तुत गरेको १ अर्ब ६५ करोड २५ लाख ७१ हजार ९ सय २५ रुपैयाँको बजेटमध्ये चालु खर्चतर्फ ३१ करोड ५९ लाख ६० हजार तथा पुँजीगततर्फ १ अर्ब ३३ कोरोड ६६ लाख ११ हजार ९ सय २५ रुपैयाँ छुट्टयाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell