PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

भारतसँग जोडिएको सीमामा ५ मिटर अग्लो पर्खाल लगाउन वामदेवको माग, 'भिसाको पनि व्यवस्था गरौं'



भारतसँग जोडिएको सीमामा ५ मिटर अग्लो पर्खाल लगाउन वामदेवको माग, 'भिसाको पनि व्यवस्था गरौं'
फाइल फोटो

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले नेपाल भारत सीमामा पर्खाल लगाउनुपर्ने बताएका छन्। शनिवारको स्थायी कमिटी बैठकमा नेता गौतमले दशगजाको दुवैतर्फ ५ मिटर अग्ला पर्खाल लगाउनुपर्ने धारणा राखेका हुन्।

गौतमको सचिवालयकाअनुसार उनले बैठकमा खुल्ला सिमाना बन्द गरी भिसा(प्रवेशाज्ञा प्रणाली) लागू गर्नुपर्ने बताएका छन्।

'अब ढिला नगरी नेपाल भारतबीच रहेको खुल्ला सीमाना बन्द गरी प्रवेशाज्ञा प्रणाली लागु गर्नुपर्छ। प्रवेशाज्ञा भने निःशुल्क उपलब्ध हनुपर्छ। सिमानामा दुवै राष्ट्रको हितका निम्ति दशगजाको दुवैतर्फ ५ मिटर अग्ला पर्खाल लगाउनु पर्छ,' स्थायी कमिटीमा गौतमले पेश गरेको ६ बुँदे सुझावमा भनिएको छ।

गौतमले हाम्रा दुवै छिमेकी राष्ट्रसँग रहेका नेपालका कुनै पनि समस्या  समाधान गर्न  युद्धको कल्पनासमेत गर्न नहुने बताएका छन्। सबै समस्या शान्ति वार्तावाट नै समाधान गर्नुपर्ने उनको भनाइ छ।

गौतमले बैठकमा महाकाली नदीको एकीकृत विकास सम्बन्धी सन्धी राष्ट्रघाती भएको भन्दै संयोजकको ह्वीप उल्लंघन गरेको आरोपमा आफूसहितका १६ जना एमालेका शीर्षस्थ नेताहरुलाई पार्टीवाट अन्यायपूर्वक निष्कासन गरिएको बताउँदै त्यसवेलाको एमालेले गरेको निर्णय गलत थियो भनेर अहिले निर्णय गर्न पनि माग गरेका छन्।

उनले सीमाको विषयमा राष्ट्रिय एकता कायम भएको बताउँदै नेपाली भूमिबाट हटाउनुपर्ने पनि बताएका छन्।

महाकाली सन्धि सम्झाउँदै स्थायी समितिमा बामदेवको माग, 'विपक्षमा उभिँदा कारबाही गर्नु गल्ती भएको स्वीकार गर्नुपर्‍यो'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell