PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

हङकङको विषयमा अमेरिका र चीनबीच जुहारी, अमेरिकीमाथि चीनले प्रतिबन्ध लगाए प्रतिकार गर्ने पोम्पेओको चेतावनी



हङकङको विषयमा अमेरिका र चीनबीच जुहारी, अमेरिकीमाथि चीनले प्रतिबन्ध लगाए प्रतिकार गर्ने पोम्पेओको चेतावनी

हङकङको विषयलाई लिएर चीन र अमेरिका जुहारीमा उत्रेका छन्। स्वतन्त्र हङकङको पक्षमा रहेका प्रदर्शनकारीहरुलाई समर्थन गरेको अमेरिकी नीतिविरुद्ध चीनले विरोध जनाएको थियो। यस्तै, चीनले हङकङको शान्ति सुरक्षालाई सुदृढ बनाउन तयार पारेको राष्ट्रिय सुरक्षा कानुन पारित गर्न रोक्ने अमेरिकी नागरिकलाई भिसामा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हङकङको स्वतन्त्रता र मानवअधिकार विरुद्ध कदम चाल्ने चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुलाई भिसामा प्रतिबन्ध लगाउने र कारवाही गर्ने बताएपछि चीनले जवाफमा उक्त चेतावनी दिएको थियो।

हङकङमा चीनविरोधी गतिविधि बढ्नुका साथै अन्तर्राष्ट्रिय हस्तक्षेप बढेको भन्दै हङकङको सुरक्षा नीति परिवर्तन गर्ने उद्देश्यसहित चीनले कानुन ल्याइएको थियो। उक्त कानुनको विरोधमा हङकङको संसददेअ सडकसम्म हप्तौंदेखि प्रदर्शन हुँदै आएको थियो।

मंगलवार भने चीनको नेसनल पिपल्स कंग्रेसको स्थायी कमिटीबाट उक्त कानुन सर्वसम्मतिले पारित गरेको छ।

उक्त कानुनबाट हङकङमा पृथ्कतावादी, राज्यविप्लव, आतंकवादलाई नियन्त्रण हुने र विदेशी शक्तिको हस्तक्षेप र मिलेमतोमा भइरहेको आन्दोलनलाई रोक्न सक्ने विश्वास चीनले लिएको छ।

यता चीनले कानुन पारित गरेकैदिन अमेरिकी विदेश मन्त्रीले अमेरिकी नागरिकलाई भिसा प्रतिबन्ध लगाउने चिनियाँ कम्युनिष्ट पार्टीको निर्णयप्रति प्रश्न उठाएका छन्।

उनले हङकङको जनतासँग गरेको वाचा पूरा गर्ने दायित्व बेइजिङले स्वीकार गर्न नसकेको आरोप लगाएका छन्। उनले चीनले केही हङकङविरुद्ध केही कदा चाले त्यसविरुद्ध आफूहरुले पनि प्रतिकार गर्ने समेत बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell