PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

युट्युबर शिवाकोटीले छोरीहरुलाई अपाङ्ग बनाउँछु भन्दै यौन शोषण गरेको अभिभावकको आरोप



युट्युबर शिवाकोटीले छोरीहरुलाई अपाङ्ग बनाउँछु भन्दै यौन शोषण गरेको अभिभावकको आरोप

काठमाडौं : युट्युबर अर्जुन शिवाकोटीलाई प्रहरीले पक्राउ गरेको छ। १२ र १३ वर्षका दुई बालिकालाई यौन शोषण गरेको आरोपमा ३८ वर्षीय शिवाकोटीलाई महानगरीय प्रहरी अपराध महाशाखाले गत आइतवार बानियाटारबाट पक्राउ गरेको हो।

‘मेकिङ नेपाल’ युट्युब च्यानलका सञ्चालक शिवाकोटीविरुद्ध बालिकाका अभिभावकले महाशाखामा उजुरी दिएका थिए।

महाशाखाका अनुसार शिवाकोटीले १३ वर्षीया बालिकालाई एक वर्षदेखि र १२ वर्षीय बहिनीलाई चैतदेखि डर, त्रास देखाएर यौन शोषण गर्दै आएका थिए। पीडित बालिकाले प्राइम टेलिभिजनमा ऋषि धमलासँगको अन्तरवार्तामा आफू विरामी हुँदा पनि नछाडेको रुँदै बताएकी छिन्।

महाशाखाले थप अनुसन्धानका लागि शिवाकोटीलाई महानगरीय प्रहरी परिसर काठमाडौंको जिम्मा लगाएको छ। परिसरका प्रवक्ता डीएसपी राजकुमार केसीले अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको बताए। उनीविरुद्ध जबरजस्ती करणीसहित अन्य मुद्दा चलाइने तयारी छ।

प्रहरीका अनुसार शिवाकोटी, बालिकाहरु र उनका आमाबुवा ४ वर्षदेखि एकै घरमा बस्दै आएका थिए। शिवाकोटीले आफूलाई सामाजिक अभियन्ताका रुपमा समेत चिनाउँदै आएका छन्। उनको फेसबुक अकाउन्टमा सामाजिक सञ्जाल प्रयोगकर्ताले कडा कारवाहीदिख संविधान संशोधन गरेर फाँसी दिनुपर्ने माग गरेका छन्। 

कसरी भयो घटना?

पीडित बालिकाकी आमाले आफूहरु एउटै घरमा एउटै फ्ल्याटमा बस्दै आएको बताइन्। ‘बुवाले बच्चालाई गरेजस्तो व्यवहार देखाउँथ्यो। पछि हामी नभएको मौका पारेर सम्वेदनशील अंगमा छुँदै, भनिस भने तलाई, तेरो बाबुआमा मारिदिन्छु। तेरो बहिनीलाई पनि त जस्तै बनाउँछु भनेछ। छोरी डराइँछे। डर, धाक, धम्की देखाएर १४ महिनादेखि शोषण गर्‍यो,’ अन्तर्वार्तामा उनले भनेकी छिन्।

‘चैतमा बहिनीलाई पनि बलात्कार गर्‍यो। बहिनीले दिदीलाई भन्यो। दिदी बहिनीबाट आमालाई थाहा भयो,’ पीडित बालिकाका बुवाले भने।

पीडितकी आमाले दुबै छोरी १० महिनादेखि विरामी परेको बताइन्। ’४५ केजी तौलबाट २५ किलोमा पुगेकी छिन्। डिप्रेसनको औषधि खुवाइरहेका छौं,’ पीडितका बुवाले भनेका छन्।

पीडित बालिकाले शिवाकोटीले आफ्नो आमासँग पनि राम्रो व्यवहार नगरेको बताइन्। ‘मामुलाई म माथि भएको शोषणको कुरा बताए भने मामुलाई पनि मार्छ भन्ने लाग्थ्यो। त्यसैले यो कुरा भन्ने आँट आएन। पटक पटक धम्काउँदै यौन शोषण गरे। अस्ति पनि फोनमा म तेरो दुइटै छोरीलाई बलात्कार गरेर मारिदिन्छु। एउटालाई अपाङ्ग बनाउँछु भनेर धम्काएपछि मलाई डर लाग्यो अनि त्यसपछि मामुलाई भनेको हो,’ उनले भनिन्।

पीडितका बुवाले पनि आफ्नो पुरै परिवारमाथि शारीरिक र मानसिक यातना दिएको बताए। घाउँ देखाउँदै उनले आफूलाई कुटेको पनि बताए।

शिवाकोटीले आफूहरुलाई फोनमा धम्क्याएको रेकर्ड नै सुरक्षित रहेको आमाले दाबी गरिन्। ‘एउटा घरमा बस्ने भएकाले आइरहन्थ्यो। यिनीहरुले हामीलाई कहिल्यै पनि भनेनन्। उसले जब फोनमा धम्क्याएर तेरो छोरीलाई बलात्कार गरेर मारिदिन्छु, तेरो एउटा छोरीलाई अपाङ्ग बनाइदिन्छु सुनेपछि अब साच्चै मार्नेरहेछ जस्तो महसुस भएर जेठी छोरीले त्यसको कुकर्म म सँग शेयर गरिन्। मैले पुरै सुन्नै सकिन,’ आमाले भनिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell