PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

कैलालीका १७ सहित सुदूरपश्चिममा थप २६ जनामा कोरोना पुष्टि



कैलालीका १७ सहित सुदूरपश्चिममा थप २६ जनामा कोरोना पुष्टि

कैलाली : सुदूरपश्चिम प्रदेशमा थप २६ जनामा कोरोना पुष्टि भएको छ। धनगढीमा पछिल्लो २४ घण्टामा भएको परीक्षणमा ८ महिला र १८ पुरुष गरी २६ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।

उनका अनुसार कैलालीको टीकापुरका १३ जना, कैलारी गाउँपालिकाका दुई जना, भजनी नगरपालिकाका दुई जना, कञ्चनपुरको भीमदत्त र लालझाडीका एक/एक जना तथा अछामको साँफेवगरका ६ जनामा कोरोना पुष्टि भएको छ। धनगढी प्रयोगशालामा पछिल्लो २४ घण्टामा दुई सय नौँ जनाको कोरोना परीक्षण भएको उनले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell