PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

उपत्यकामा कोरोना संक्रमण बढेपछि रातो मछिन्द्रनाथको रथारोहण रोक्न पत्रचार



उपत्यकामा कोरोना संक्रमण बढेपछि रातो मछिन्द्रनाथको रथारोहण रोक्न पत्रचार

ललितपुर : रातो मछिन्द्रनाथको रथारोहण स्थगित गरिएको छ। असार २४ गते पाटनको त :बहाको सत्तलम राखिएको मछिन्द्रनाथलाई पुल्चोकमा बनाइएको रथमा रथारोहण गराउने तय भएको थियो। तर रथ यात्रा कहिले गर्ने भन्ने निश्चित भएको थिएन।

मंगलवार जिल्ला प्रशासन कार्यालय, गुठी संस्थान र सरोकारवाला पक्षबीच भएको बैठकले हाललाई रथ निर्माण रोक्ने र रथारोहण पनि स्थगित गर्ने निर्णय गरेको हो।

कोरोना संक्रमण बढिरहेको बेला रथयात्रा भए संक्रमण फैलिनसक्ने आशंका व्यक्त भइरहेका थिए। उपत्यकामा सोमबारमात्रै ५४ जनामा संक्रमण पुष्टि भएको थियो। पाटनमामात्रै २० जनामा संक्रमण देखिएको थियो। संक्रमितको संख्या बढेसँगै रथारोहण स्थगित गरिएको जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell