PahiloPost

Dec 17, 2024 | २ पुष २०८१

नेकपा विवाद : फेरि छलफलमा ओली प्रचण्ड



नेकपा विवाद : फेरि छलफलमा ओली प्रचण्ड

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहल प्रचण्डबीच बुधवार पनि छलफल हुदैछ।

पार्टीमा देखिएको विवाद मिलाउन प्रचण्ड-ओली लामो समय देखि छलफलमा छन्। असार १० गते सुरु भएको बैठक साउन २ गते सम्म स्थगित गरेर पार्टीमा देखिएको विवादमा सहमति खोज्न ओली प्रचण्ड छलफलमा जुटेका हुन्।

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले आज विहान साढे ११ बजे बालुवाटारमा भेट हुने जानकारी दिए। 'बुधवार पनि वान अन वान वार्ता नै हो। कुराकानीको विषय त पुरानै हुन,'उनले भने।

मंगलवार भएको छलफलमा दुवै अध्यक्षबीच सहमतिको प्रयास गरिएपनि सहमति नभएपछि बुधवार फेरी छलफलमा बस्ने गरी भेट स्थगित गरिएको थियो।

नेकपा भित्र विवाद बढदै गएपछि प्रचण्ड र बरिष्ठ नेता माधव नेपाल समुह ओलीलाई दुबै पदबाट हटाउनुपर्ने अडान अघि सारेका छन्। तर ओलीले भने आफूले दुवै पद नछोडने बरु हटाएर देखाउन नेताहरुलाई चुनौति दिएका छन्। पटक पटक स्थायी कमिटी स्थगित गरेका ओली प्रचण्डले पछिल्लो समय १० दिन स्थगित गरेर छलफलमा जुटेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell