PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

वनारसमा जबरजस्ती नेपालीको कपाल खौरिदिने तीन जना प्रहरी नियन्त्रणमा,'आरोपी सबैलाई खोजेर कठोर कारवाही गर्छौं'



वनारसमा जबरजस्ती नेपालीको कपाल खौरिदिने तीन जना प्रहरी नियन्त्रणमा,'आरोपी सबैलाई खोजेर कठोर कारवाही गर्छौं'

काठमाडौं : बिहीवार वनारसमा एक नेपालीको कपाल जबरजस्ती खौरिदिएको घटनामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

वनारसमा एक संगठन चलाउँदै आएका अरुण पाठकले फेसबुकमा कपाल खौरिएको भिडियो सेयर गरेका थिए। प्रहरीले उक्त भिडियो मार्फत प्रहरीले सन्तोष पाण्डे नाम गरेका एक युवकलाई पक्राउ गरेको छ। पाण्डेले उक्त घटनाको भिडियो बनाएको प्रहरीले जनाएको छ।

प्रहरीले पाण्डेको फोनमा उक्त भिडियो भेटाउनुको साथै घटनामा संलग्न अन्य व्यक्तिहरुको समेत पहिचान गरेको छ। साथै प्रहरीले अरु दुईजनालाई समेत नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

प्रहरीले कयौं स्थानमा संदिग्धहरुको खोजी गरिरहेको र यस घटनामा संलग्नहरुविरुद्ध कठोर कारवाही गर्ने जनाएको छ।

स्थानीय मिडियाका अनुसार विश्व हिन्दु सेनाले कपाल खौरेपछि ती नेपालीको शिरमा जय श्रीरामको नारासमेत लेखिदिएका थिए। त्यसपछि उनीहरुले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी पनि गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell