PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

नेकपा विवाद : ओलीपछि प्रचण्ड पनि राष्ट्रपति भेट्न शीतल निवास



नेकपा विवाद : ओलीपछि प्रचण्ड पनि राष्ट्रपति भेट्न शीतल निवास

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवंम प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको  सचिवालय बैठकपछि दुवै अध्यक्ष शितल निवास पुगेका हुन्। बालुवाटारबाट पहिला प्रधानमन्त्री ओली राष्ट्रपति भवनतिर गएको र त्यसपछि प्रचण्ड शितल निवास प्रस्थान गरिएको बताइएको छ। आहिले राष्ट्रपति भण्डारी र दुई अध्यक्षबीच छलफल भइरहेको छ। 

प्रधानमन्त्री ओलीलाई प्रचण्ड र माधवकुमार नेपाल समूहले दुवै पद छाड्न दबाब दिइरहेका छन्। तर ओली भने कुनैपनि पद त्याग्ने पक्षमा देखिएका छैनन्। नेताहरुबीच कुरा नमिल्दा तीन साता भइसक्दासम्म पनि नेकपाको विवाद कायमै छ।

नेताहरुबीच पटक पटकको भेटघाटमा समस्या समाधान गर्न कुनै निर्णय हुन सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell