PahiloPost

Sep 23, 2024 | ७ असोज २०८१

भक्तपुरको नाग पोखरीमा दूध अभिषेक, नक्सालमा बाहिरबाटै दर्शन

भक्तपुरको नाग पोखरीमा दूध अभिषेक, नक्सालमा बाहिरबाटै दर्शन


काठमाडौं : आज नाग पञ्चमी। घरको मूल ढोकामा नागको तस्विर टाँसेर नागको पूजा भइरहेको छ। घरमा नागको तस्विर टाँस्दा घरमा नाग, बिच्छी लगायतका जीवको दु:ख नहुने र आगो र चट्याङको भय नहुने जनविश्वास रहेको छ।

प्रचलनअनुसार नागको मूर्ति एवं तस्बिरमा दूध, दही, अक्षता, फूल, दुबो, कपास राखी पूजा गरी गाईको गोबरले घरको ढोकामाथि टाँस्ने प्रचलन छ।

कोरोना संक्रमणका कारण यसपटक नाग पोखरीहरुमा मेला लागेन। भक्तपुर स्थित नाग पोखरीमा भने सीमित संख्यामा मानिसहरू भेला भएर नाग पूजा गरेका छन्। उनीहरू ले नागलाई दूधले अभिषेक गराएका थिए।

काठमाडौंको नक्सालमा रहेको नाग पोखरीमा पनि बिहानैदेखि भक्तजनहरु नागको पूजाका लागि पुगिरहेका छन्। कोरोना संक्रमणका कारण पहिला भन्दा निकै कम संख्यामा मात्रै मानिसहरु उपस्थित रहेका थिए। यसपटक भक्तजनहरुलाई बाहिरबाटै दर्शनको व्यवस्था मिलाइएको थियो। पहिला वर्ष पोखरीको बीचमै गएर नागको दर्शन गर्न पाइन्थ्यो।

नाग पञ्चमीका दिनदेखि बर्खा सकिएर हिउँद शुरु भएको मानिन्छ। यसदिन नागको वासस्थान भएका पोखरी, कुवा, इनारमा गएर पूजा गर्ने चलन रहेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell