भियतनामको डा नाङका तीनजना स्थानीयलाई कोरोना भाइरसको संक्रमण देखिएपछि त्यहाँ रहेका ८० हजार मानिसलाई अन्यत्र सार्ने तयारी भइरहेको छ।
रिसोर्ट सिटीका रुपमा प्रख्यात पर्यटकीय शहरमा संक्रमण फैलिनबाट रोक्न यति ठूलो संख्यामा मानिसहरुलाई स्थान्तरण गर्न लागिएको हो।
डा नाङबाट अन्यत्र लैजान लगिएका धेरैजसो स्थानीय पर्यटक रहेको सीएनएनले उल्लेख गरेको छ। उनीहरु सबैलाई त्यहाँबाट अर्को स्थानमा लग्न ४ दिन लाग्ने अनुमान गरिएको छ।
कोरोना संक्रमण केही नियन्त्रणमा आएको करिब १०० दिनपछि ५७ वर्षीय व्यक्तिमा स्थानीय संक्रमण पुष्टि भएपछि अधिकारीहरुले संक्रमण फैलिनबाट रोक्न विभिन्न प्रयासहरु गरिरहेका छन्।
भियतनाम सरकारले अहिले त्यस क्षेत्रमा ‘मास टेस्टिङ’ गर्ने तयारी गरिरहेको छ।