काठमाडौं : नेपाल विद्यार्थी संघ(नेविसंघ)ले त्रिभुवन विश्वविद्यालय उपकुलपति, रजिष्ट्रार र शिक्षाध्यक्षको कार्यालयमा तोडफोड गरेको छ। त्रिविले विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको आरोप लगाउँदै नेविसंघ तोडफोडमा उत्रिएका हुन्। विद्यार्थीको प्रहारबाट कार्यालयका झ्यालका सिसा फूटेको छ। भने, दुई वटा गाडीमा तोडफोड भएको छ।
पाँच महिना पुग्दा पनि विद्यार्थीको परीक्षाबारे त्रिविले कुनै कार्ययोजना बनाउन नसकेको नेविसंघको आरोप छ। यही विषयमा त्रिविसँग वार्ता चल्दै थियो। वार्तामा विवाद भएपछि आक्रोशित विद्यार्थी तोडफोडमा उत्रेको त्रिवि नेविसंघले जनाएको छ।