काठमाडौं : गण्डकी प्रदेशमा थप १० जना कोभिड-१९ संक्रमित थपिएका छन्। शनिवार थपिएका संक्रमितहरु तनहुँ भानु नगरपालिकाका २ जना पुरुष छन्।
त्यस्तै कास्की पोखरा महानगरपालिकाका २ जना पुरुष र एक महिला रहेका छन्।
बाग्लुङको बाग्लुङ नगरपालिकाका एक पुरुष, बडिगाडका एक जना पुरुष, गोरखामा एक जना महिला, स्याङ्जाका एक जना पुरुष र नवलपरासीका एक जना पुरुषमा संक्रमण देखिएको हो।
योसँगै गण्डकीमा संक्रमितको संख्या १६९२ पुगेको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक तथा प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिए।