PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

उपत्यकामा क्‍वारेन्टाइन व्यवस्थापन गर्न एकीकृत समिति गठन



उपत्यकामा क्‍वारेन्टाइन व्यवस्थापन गर्न एकीकृत समिति गठन

काठमाडौं : सरकारले काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै क्‍वारेन्टाइन व्यवस्थापन गर्ने निर्णय गरेको छ। उपत्यकामा क्वारेन्टाइन निर्माण गर्न एकीकृत क्‍वारेन्टाइन व्यवस्थापन समिति गठन गर्ने निर्णय सरकारले गरेको हो।

सरकारका प्रवक्तासमेत रहेका अर्थ र सञ्‍चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले बिहीबार बसेको मन्त्रिपरिषद्‌ बैठकले उपत्यकाका तीनै जिल्लामा संक्रमणको जोखिम बढ्दै गएकोले कोरोना नियन्त्रणका लागि थप व्यवस्थापन गर्न एकीकृत क्‍वारेन्टाइन व्यवस्थापन समिति गठन गर्ने निर्णय गरेको बताएका हुन्।

खतिवडाका अनुसार समितिको संयोजकमा गृहमन्त्रालयका सचिव रहनेछन्। सदस्यहरुमा स्वास्थ्य मन्त्रालयका उच्च तहका अधिकारी, सामान्य प्रशासन मन्त्रालयले तोकेका सहसचिव, सहरी विकास तथा भवन निमार्ण विभागका महानिर्देशक, उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सबै सुरक्षा निकायका प्रथम श्रेणीका अधिकारीहरु र क्‍वारेन्टाइन रहने स्थानीय तहका प्रमुखले तोकेका प्रतिनिधि सदस्य रहने छन्।

उक्त समितिले काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा रहेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्रमार्फत क्‍वारेन्टाइन स्थलको पहिचान र सञ्‍चालन गर्नेछ। समितिले क्‍वारेन्टाइनको निर्माण र अतिआवश्यक कार्य गर्ने खतिवडाले बताए।

एकीकृत क्‍वारेन्टाइनको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिइएको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell