PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

'युरोपका अन्तिम तानाशाह' लाई चुनौती दिएकी स्भेतलाना भन्छिन्,'बेलारुसमा जनआन्दोलन रोकिए जनता दास बन्नेछन्'



'युरोपका अन्तिम तानाशाह' लाई चुनौती दिएकी स्भेतलाना भन्छिन्,'बेलारुसमा जनआन्दोलन रोकिए जनता दास बन्नेछन्'
Photo : Getty Images/AFP

बेलारुसका राष्ट्रपति एलेक्सजेन्डर लुकास्हेनको विरुद्ध राष्ट्रपति निर्वाचनमा प्रतिस्पर्धा गरेकी स्भेतलाना तिखानोभ्सकायाले प्रजातन्त्रका लागि ‘अन्तिम समयसम्म लड्नुपर्ने’ बताएकी छिन्।

करिब दुईहप्ता अघि सम्पन्न निर्वाचनमा ‘युरोपका अन्तिम तानाशाह’ को रुपमा चिनिने लुकास्हेनकोविरुद्ध उम्मेदवारी दिएकी स्भेतलानाले हाल बेलारुसमा भएको जनआन्दोलन रोकिए नागरिकहरु ‘दास’ बन्ने बताएकी हुन्।

राष्ट्रपति निर्वाचनको परिणाम सार्वजनिक भएपछि बेलारुसमा सरकारविरुद्ध प्रदर्शन उग्र बन्दै गएको छ। हजारौं मानिस दैनिकरुपमा प्रदर्शनमा उत्रिरहेका छन्। सयौंलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

स्भेतलानाले पनि निर्वाचन परिणाम सार्वजनिक भएपछि सुरक्षाको कारण छिमेकी देश लिथुआनियामा शरण लिन पुगेकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell