गायक तथा संगीतकार जस्टिन टाउन्स अर्लेको निधन भएको छ। कन्ट्री रकर स्टिभ अर्लीका छोरा जस्टिनको ३८ वर्षको उमेरमा निधन भएको हो। उनको मृत्युको कारणबारे भने केही खुलाइएको छैन।
रोलिङ स्टोन म्यागजिनका अनुसार जस्टिन सन् २००७ मा ‘युमा’ गीतबाट हल अफ फेममा सामेल भएका थिए।
सन् २०११ मा उनको गीत ‘हार्लेम रिभर ब्लुज’ वर्षको सर्वोकृष्ट गीत घोषित भएको थियो।