PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

'युरोपका अन्तिम तानाशाह' विरुद्धको प्रदर्शन रिपोर्टिङमा खटिएका १८ बेलारुसी पत्रकारको लाइसेन्स खोसियो



'युरोपका अन्तिम तानाशाह' विरुद्धको प्रदर्शन रिपोर्टिङमा खटिएका १८ बेलारुसी पत्रकारको लाइसेन्स खोसियो
Photograph: Sergei Bobylev/TASS

बेलारुसका राष्ट्रपति एलेक्सजेन्डर लुकास्हेनको शासनको विरोधमा देशभर केही सातादेखि प्रदर्शन भइरहेको छ। तीन हप्ताअघि सम्पन्न निर्वाचनमा ‘युरोपका अन्तिम तानाशाह’ को रुपमा चिनिने लुकास्हेनको फेरि निर्वाचित भएको घोषणा गरिएसँगै बेलारुसमा प्रदर्शनले उग्र रुप लिएको हो।

करिब २६ वर्षदेखि बेलारुसको राष्ट्रपतिका रुपमा शासन गर्दै आइरहेका लुकास्हेनविरुद्ध सडकमा ओर्लिएर ‘प्रजातन्त्र’ को माग गरिरहेका प्रदर्शाकारी र प्रहरीबीच दैनिक झडप हुने गरेको स्थानीय संचार माध्यमले जनाएका छन्।

प्रदर्शनमा उत्रेका सयौंलाई प्रहरीले नियन्त्रणमा लिएको छ  भने केहीको झडपको क्रममा मृत्यु भइसकेको छ।

बेलारुस सरकरले निर्वाचनपछि सुरु भएको प्रदर्शनको रिपोर्टिङ गरिरहेका १८ जना पत्रकारहरुको लाइसेन्स खोसेको छ। बीबीसी रसियन सर्भिसमा आबद्ध दुई जनाको पनि लाइसेन्स रद्द गरिएको छ। बीबीसीले बेलारुस सरकारको उक्त कदमको विरोध गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell