PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

अमेजन जंगल बचाउन संघर्ष गरिरहेका ९० वर्षीय आदिवासी प्रमुखमा देखियो कोरोना संक्रमण



अमेजन जंगल बचाउन संघर्ष गरिरहेका ९० वर्षीय आदिवासी प्रमुखमा देखियो कोरोना संक्रमण
Photo : AFP / NICOLAS TUCAT

ब्राजिलका कयापो आदिवासीका प्रमुख रावनी मेटुकटायरमा कोरोना संक्रमण पुष्टि भएको छ। अमेजन जंगल बचाउने अभियानमा सक्रिय ९० वर्षीय रावनीलाई हाल अस्पतालमा भर्ना गरिएको छ।

रावनी इन्स्टिच्युटका अनुसार हाल आदिवासी प्रमुखको स्वास्थ्य अवस्था सामान्य छ। पूर्ण रुपमा निको नभएसम्म उनलाई चिकित्सकहरुको निगरानीमा राखिने बताइएको छ।

ब्राजिलमा कोरोना संक्रमण बढ्दै जाँदा कयापो आदिवासीले सडकमा उत्रेर प्रदर्शन गरेका थिए। सडकमा सवारी आउजाउकै कारण आफ्नो गाउँमा रोग भित्रिएको भन्दै उनीहरले आन्दोलन समेत गरेका थिए।

ब्राजिलमा हालसम्म २८ हजार ८ सयभन्दा बढी आदिवासीको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको ब्राजिलको आदिवासी संस्थाले जनाएको छ। यस्तै कोभिड १९ संक्रमित ७५७ जना आदिवासीको मृत्यु भइसकेको छ। ब्राजिलका अर्का चर्चित आदिवासी प्रमुख अरिटाना यजालापिटीको ७१ वर्षको उमेरमा कोरोना संक्रमणकै कारण मृत्यु भएको थियो।

अमेजन जंगल र आदिवासीको हकहितका लागि लड्दै आएका रावनीमाथि ब्राजिलका राष्ट्रपति जैर बोलसोनारोले अन्तर्राष्ट्रिय सहयोग लिएर ब्राजिलको वातावरणीय नीतिहको विरोध गरेको गरेको आरोप लगाउँदै आएका छन्। अमेजन जंगलमा खानी र कृषि संचालन गर्ने बताएका राष्ट्रपतिको उक्त आरोपको विश्वभर विरोध भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell