PahiloPost

Jan 10, 2025 | २६ पुष २०८१

नेपाल घुम्न रुचाउने रिचर्डको अवसान, अब तस्विरमा मात्रै सीमित

नेपाल घुम्न रुचाउने रिचर्डको अवसान, अब तस्विरमा मात्रै सीमित


काठमाडौं : नेपालका लागि बेलायती राजदूतको रुपमा रिचर्ड मोरिस सन् २०१५ मा नेपाल आए। उद्देश्य- बेलायतको प्रतिनिधित्व गरेर दुई देशबीचको सम्बन्धलाई थप बलियो पार्ने। जसमा उनी केही हदसम्म सफल पनि भए। नेपाल र बेलायतबीच कुटनीतिक सम्बन्ध स्थापना भएको २०० वर्ष पुगेको अवसरमा बेलायती राजकुमार ह्यारीको नेपाल भ्रमणको व्यवस्थापन गर्ने जस रिचर्डलाई पनि जान्छ।

एक सफल कुटनीतिज्ञको रुपमा चिनिने रिचर्डको नेपाल र बेलायतको सम्बन्धलाई प्रगाढ बनाउने प्रयास त गरे नै। सँगै नेपाललाई विश्वसामु चिनाउने प्रयत्न पनि गरे। नेपाल बसाईको क्रममा उनी यहाँको प्राकृति सौन्दर्यता र संस्कृतिबाट निकै प्रभावित भए। 

आफ्नो कार्यकालमा रिचर्ड नेपालका धेरै भूभाग पुगे। त्यहाँको रहनसहन र संस्कृति बुझे। हिमाली भेग पुग्दा बेलायतीहरुलाई नेपाल भ्रमण गर्न सुझाव दिँदै तस्विरहरु सेयर गर्थे।  अझ एभरेष्ट म्याराथनमा सहभागी भइ उनले नेपालको साहसिक पर्यटनको प्रचारसमेत गरे।

मोरिसले ४२ किलोमिटरको एभरेष्ट म्याराथन ७ घण्टा ५१ मिनेटमा पूरा गरेका थिए। उक्त म्याराथनमा आएबाट उठको पैसा नेपालमा एसिड आक्रमणपछि संघर्ष गरिरहेकाहरुलाई सहयोग गरेका थिए।

अझ काठमाडौं उपत्यकासँग उनको छुट्टै लगाव थियो। मौका मिल्यो भने  यहाँका डाडाँहरुमा हाइकिङमा पुग्थे। त कहिले साइकल लिएर अप्ठेरो बाटोको यात्रामा निस्कन्थे। स्वयम्भू,नागर्जुन, शिवपुरी समयसमय पुगिरहन्थे। उपत्यकाको संस्कृति र रहनसहनसँग पनि उनी निकै घुलमिल हुन पुगेका थिए।

असन इन्द्रचोकमा पुग्दा त्यहाँको भीडसँगै रमाउने मोरिस सन् २०१९ मा नेपालमा कार्यकाल पूरा गरी फर्किएका थिए। फर्कनुअघि उनले नेपालमा बिताएका पलहरु ट्वीटरमार्फत सेयर गरे। मौका मिले फेरि नेपाल आउने बताएका मोरिसका तिनै तस्विरहरु उनको यादको रुपमा बाँकी रहनेछ अब।

बेलायत फर्किएपछि फिजीमा बेलायती उच्च आयुक्तका रुपमा काम गर्न जानु अघि नै मे महिनामा उनी बेपत्ता भए। करिब ४ महिनापछि मोरिसको शव ह्याम्पसायरस्थित एलिस हल्ट जंगलमा फेला परेको छ। उक्त जंगलमा मोरिस दौडन खुब रुचाउने गरेको बताइन्छ।



ट्रेन्डिङ पोस्ट

Ncell