PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

मोरङमा ६ दिन निषेधाज्ञा थप : निजी सवारीसाधनमा जोरबिजोर प्रणाली लागू, यस्ता छन् अन्य निर्णय



मोरङमा ६ दिन निषेधाज्ञा थप : निजी सवारीसाधनमा जोरबिजोर प्रणाली लागू, यस्ता छन् अन्य निर्णय

विराटनगर : जिल्ला प्रशासन कार्यालय मोरङले भदौ २२ गते मध्यरात सम्मका लागि निषेधाज्ञा थप गरेको छ ।

प्रशासनले बिहानदेखि अपराह्न ४.०० बजेसम्म आवश्यक सामग्रीका पसल खोल्न पाइने निर्णय गर्दै थप ६ दिनका लागि निषेधाज्ञाको समय बढाएको हो। यसअघि मध्याह्न १२.०० बजेसम्ममात्रै अत्यावश्यक पसल खोल्न पाइने गरी निषेधाज्ञा जारी गरिएको थियो।

प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले एक विज्ञप्ती जारी गर्दै खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, दूध, डेरी, हार्डवेयर, कपडा पसलमात्र निश्चित मापदण्ड पूरा गरेर खोल्न दिने उल्लेख गरेका छन्।

यसरी संचालनमा आउने व्यवसायका सञ्चालकहरुले ग्राहकको तापक्रम नाप्नुपर्ने, २ मिटरको सामाजिक दूरी कायम गर्नुपर्ने, मास्क र स्यानिटाइजरको प्रयोग अनिवार्य गर्नुपर्नेछ।

त्यस्तै, प्रशासनले सवारी साधनमा जोर–बिजोर प्रणाली पनि सुरु गरेको छ। जिल्लाभरी जोर गते जोर नम्बर तथा बिजोर गते बिजोर नम्बर अनुसार निजी सवारी साधन संचालन गर्न अनुमति दिइएको छ। यसरी संचालनमा आउने सवारी साधनले स्वास्थ्य मापदण्डको पालन गर्नेपर्नेछ। सिटी रिक्सा पनि जोरबिजोर प्रणालीअनुसार नै बढीमा २ जना यात्रु राखेर चलाउन पाइनेछ। सार्वजनिक यातायात संचालनमा भने अझै रोक लगाइएको छ। 

सरकारी कार्यालय र निकायलाई आलोपालो गरी न्यूनतम संख्यामा कर्मचारी राखी भदौ २१ गते देखि तालिका अनुसार सेवा सञ्चालन गर्न समेत निर्देशन दिइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell