काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले सभापति शेरबहादुर देउवासँग डेढ महिना यता भेट नभएको स्पष्ट पारेका छन्। जिपि कोइराला लोकतन्त्र सम्वर्द्धन केन्द्रले भर्चुअल माध्यम जुममार्फत बिहीवार काँग्रेस महाधिवेशनसँग जोडिएका प्रसँगहरु विषयक वेबिनारमा कोइरालाले उक्त भनाई राखेका हुन्।
'मेरो र शेरबहादुर कुनै होटलमा भेट भएको छैन। डेढ महिना भयो भेट नभएको छ,' महामन्त्री कोइरालाले भने, 'जब जब भेट भएको छ। पार्टीलाई कसरी राम्रो बनाउने भनेर छलफल भएको छ।'
केही समयअघि देउवापत्नी आरजु देउवालाई महामन्त्री बनाउने शर्तमा छलफल गर्न कोइराला देउवालाई भेट्न पुगेको चर्चा चलेको थियो। सोही विषयमा कोइरालाले स्पष्टीकरण दिएका हुन्।
उनले कोभिड महामारीका कारण १४ औं महाधिवेशन समयमै महाधिवेशन गर्न कठिन देखिएको बताए। तर, सक्दो समयमा गर्नुपर्ने भनाई कोइरालाको थियो।