PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

'रथ बनाउने र तान्ने प्रक्रियामा महानगरको भूमिका हुँदैन, लजिस्टिक सपोर्ट मात्रै दिन खोजेका हौं' : मेयर चिरीबाबु महर्जन



'रथ बनाउने र तान्ने प्रक्रियामा महानगरको भूमिका हुँदैन, लजिस्टिक सपोर्ट मात्रै दिन खोजेका हौं' : मेयर चिरीबाबु महर्जन
चिरीबाबु महर्जनको फोटो : एनटिभि

काठमाडौं : ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बिहीबार बुंगद्य: (रातो मछिन्द्रनाथ)को रथ तान्ने क्रममा स्थानीय र प्रहरीबीच भएको झडप भएको घटनाले दुखित् महसुस गराएको बताएका छन्।

महानगरपालिकाले जात्रा व्यवस्थापन  संचालनमा सहजीकरण गर्ने प्रयास नगरेको र झडपको स्थितिलाई रोक्न कुनै पहल नगरेको आरोप लागिरहेको बेलामा महर्जनले एक विज्ञप्ति मार्फत महानगरपालिकाको रथ बनाउने र तान्ने प्रक्रियामा कुनै भूमिका नरहने स्पष्ट पारेका हुन्। उनले कोभिड १९ को संक्रमणको बेलामा महानगरले रथयात्राको क्रममा स्वास्थ्य सतर्कता अपनाउन ‘लजिस्टिक सपोर्ट’ मात्रै दिन खोजेको उल्लेख गरेका छन्।

महर्जनले स्थानीय सरकार र सरोकारवालालाई खबर नै नगरी बिना कुनै योजना अशोभनिय ढंगबाट रथ तान्ने प्रयास गरिँदै सबैको मन नराम्ररी दुखेको बताएका छन्। उनले बिहीवारको घटना हिंसात्मक ढंगबाट वातावरणलाई धमिलो बनाउने उद्देश्यका साथ भएको समेत बताएका छन्।

साथै उनले बिहीबार आफू पीसीआर रिपोर्टको पर्खाइमा होम आइसोलेसनमा रहेको बताए। दिउँसो रिपोर्ट आएपछि भने यस विषयमा छलफल गरी रातो मछिन्द्रनाथको रथयात्रा भदौ २६ गतेसम्म सम्पन्न गर्ने निर्णय गरिएको समेत बताएका छन्।

महर्जनले ललितपुर महानगर परम्पराले सम्पन्न शहर भएको भन्दै यसको संरक्षण र सम्मानका लागि सबैलाई संयमित हुन आग्रह गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell