PahiloPost

Jul 7, 2024 | २४ असार २०८१

भ्याक्सिन प्रयोग गरिएको एक व्यक्ति बिरामी भएपछि अक्सफोर्डले रोक्यो 'कोरोना खोप'को परीक्षण



भ्याक्सिन प्रयोग गरिएको एक व्यक्ति बिरामी भएपछि अक्सफोर्डले रोक्यो 'कोरोना खोप'को परीक्षण
Photo : Reuters

अक्सफोर्ड विश्विद्यालयले कोरोना भाइरसविरुद्ध निर्माण भइरहेको भ्याक्सिनको फाइनल किल्निकल ट्रायल रोकेको छ। एस्ट्रजेनेकासँग मिलेर अक्सफोर्डले तयार गरेको उक्त भ्याक्सिनको ट्रायलमा सहभागी एक व्यक्ति बिरामी भएपछि परीक्षण रोकेको हो। 

परीक्षणमा सहभागी व्यक्तिमा केही असामान्य लक्षण देखिएपछि हाललाई ट्रायल रोकिएको बीबीसीले उल्लेख गरेको छ।  

कोरोना भाइरसको संक्रमण फैलिरहेको अवस्थामा निर्माण भइरहेका खोपहरुको तयारी अवस्थालाई विश्वभर चासो दिइएको छ। एस्ट्रजेनेका र अक्सफोर्डले निर्माण गरिरहेको भ्याक्सिनलाई महत्वका साथ हेरिएको थियो।    

हाल परीक्षण रोकिएपनि फेरि चाँडै नि भ्याक्सिन ट्रायल सुरु हुने बताइएको छ। यो भ्याक्सिन नै कोरोना भाइरसविरुद्ध विश्वमा सबैभन्दा पहिला आउने अनुमान समेत गरिएको छ। रसियाले पनि आफूले कोरोनाविरुद्ध भ्याक्सिन बनाएको बताएपनि उक्त भ्याक्सिनलाई अन्य देशले मान्यता दिएको थिएन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell