PahiloPost

Jun 29, 2024 | १६ असार २०८१

'अन्तिम तानाशाह' विरुद्ध जारी छ बेलारुसमा प्रदर्शन, २५० जना प्रहरी नियन्त्रणमा



'अन्तिम तानाशाह' विरुद्ध जारी छ बेलारुसमा प्रदर्शन, २५० जना प्रहरी नियन्त्रणमा
फाइल फोटो : ताइवान न्यूज

बेलारुसका राष्ट्रपति एलेक्सजेन्डर लुकास्हेनकोविरुद्ध एक महिनाभन्दा बढी समयदेखि विरोध प्रदर्शन भइरहेको छ। ‘युरोपका अन्तिम तानाशाह’ को रुपमा चिनिने लुकास्हेनको फेरि राष्ट्रपतिमा निर्वाचित भएसँगै बेलारुसभर प्रदर्शन सुरु भएको थियो। प्रदर्शनका क्रममा कयौं विपक्षी नेताहरुलाई पक्राउ गरिएको छ भने कतिजनालाई देश छाड्न बाध्य बनाइएको छ।

करिब २६ वर्षदेखि बेलारुसको राष्ट्रपतिका रुपमा शासन गर्दै आइरहेका लुकास्हेनकोविरुद्ध सडकमा ओर्लिएर जनता ‘प्रजातन्त्र’ को माग गरिरहेका छन्। प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच दैनिक झडप भइरहेको छ।

आइतबारमात्रै प्रहरीले प्रदर्शन अघि २५० जनालाई नियन्त्रणमा लिएको छ। प्रदर्शनकारीलाई नियन्त्रण गर्न हजारौंको संख्यामा प्रहरी परिचालन गरिएको छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell