PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

बिदा हुँदै कर्मचारीलाई कुलमानले भने, 'नेतृत्व आउनेजाने भइरहन्छ, जुनसुकै नेतृत्व आए पनि यो उर्जा रहिरहोस्'



बिदा हुँदै कर्मचारीलाई कुलमानले भने, 'नेतृत्व आउनेजाने भइरहन्छ, जुनसुकै नेतृत्व आए पनि यो उर्जा रहिरहोस्'
फाइल फोटो

काठमाडौं : नेपाल विद्युत प्राधिकरणबाट प्रबन्ध निर्देशक कुलमान घिसिङ बिदा भएका छन्। मंगलवार उनलाई औपचारिक रुपमा उनको बिदाई गरिएको हो।

भदौ २८ मा चार वर्षे कार्यकाल सकिएका कुलमान घिसिङलाई सोमबारको मन्त्रिपरिषद् बैठकले अर्को कार्यकालका लागि फेरि नियुक्त गर्न सक्ने अड्कलबाजी थियो। तर सोमबारको बैठकमा यस विषयमा छलफल भएन। योसँगै मंगलवार उनलाई प्राधिकरणमा कार्यक्रम आयोजना गरी बिदाई गरिएको हो।

बिदाई कार्यक्रममा घिसिङले कर्मचारीलाई जुनसुकै नेतृत्व आए पनि उर्जा कायम राखी राख्न आग्रह गरे। 'नेतृत्व आउनेजाने भइरहन्छ। हाम्रो अहिलेको जुन उर्जा छ। यो उर्जा जुनसुकै नेतृत्व आए पनि रहिरहोस्', घिसिङले भने, 'यो टिमको स्पिरिट एकदम राम्रो छ। सबैले सफलता पूर्वक जिम्मेवारी निभाउनुभएको छ।'

नेतृत्वको परिवर्तन स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै घिसिङले आफूलाई साथ दिने सम्पूर्ण नेपाली जनतालाई धन्यवादसमेत दिएका छन्।

घिसिङले आफूले भारतमा रहेको नेपाली दूतावासबाट लोडसेडिङ अन्त्यका लागि साथ पाएको बताए।

बिदाई कार्यक्रममा उनले भने, 'सरकारी काम गर्दा हामीले लिंक पनि युज गर्नुपर्छ। दूतावासहरुको साथ लियौं। खास गरी भारतमा रहेको नेपाली दूतावासबाट सहयोग पायौं। दीपकुमार उपाध्यायबाट निकै सहयोग पाएँ।'

आफ्नो कार्यकालमा भारतका थुप्रै राज्यहरुका मुख्यमन्त्रीसँग नेपालको विद्युत निर्यातका विषयमा कुराकानी गरेको उल्लेख गरे।

विद्युत निरन्तरता आयातबाटमात्र भएको भनी उठाइएको विषय स्विकार्दै घिसिङले यसमा निर्यात कला भने हुनुपर्ने बताए। भने, 'एक्पोर्ट गरेरै हो लोडसेडिङको अन्त्य भएको। तर कसरी एक्स्पोर्ट गराउने भन्ने हुन्छ। हामीले सस्तो आयत गर्‍यौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell