PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

मेयर विद्यासुन्दर शाक्य होटल आइसोलेसनमा बसेको खर्च सार्वजनिक गर्न युथ कांग्रेसको माग



मेयर विद्यासुन्दर शाक्य होटल आइसोलेसनमा बसेको खर्च सार्वजनिक गर्न युथ कांग्रेसको माग

काठमाडौं : युथ काँग्रस नेपालले काठमाडौं महानगरपालिका प्रमुख विद्या सुन्दर शाक्य कोरोना संक्रमित भइ ‘सोल्टी होटल’ मा आइसोलेसनमा बसेको बारेमा महानगरपालिकासँग विवरण माग गरेको छ।

विभिन्न संचार माध्यममा शाक्य होटलमा बसेको भन्ने समाचार आएको भन्दै युथ काँग्रेसका सदस्यहरुले शाक्य आइसोलेसनमा बसेको खर्च कसले बेहोरेको हो भन्दै सूचना माग गरेका छन्।

यस्तै सूचनाको हक सम्बन्धिको निवेदन मार्फत युथ कांग्रेसले विगत ६ महिनामा महानगरका कर्माचारी र पदाधिकारीहरुले कोभिड १९ को उपचार र  सुरक्षाका सम्बन्धमा खर्च गरेको विवरण समेत मागिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell