काठमाडौं : नेपाल तरुण दल सुनसरीका पूर्व अध्यक्ष दुर्गा देवकोटाको उपचारका लागि अमेरिकाबाट दुई लाख २३ हजार ४० रुपैयाँ सहयोग संकलन भएको छ।
मिर्गौला पीडित देवकोटाको उपचारका लागि काँग्रेसका युवा नेता काठमाडौं क्षेत्र नं. ३ का महासमिति सदस्य हरिबोल भण्डारी, नेपाल तरुण दलका नेता एवं गैरआवासीय नेपाली संघका केन्द्रीय सदस्य शंकर खड्काको पहल र नेपाली काँग्रेस तरुण विभागका सदस्य विकास उप्रेतीको सक्रियतामा उक्त रकम जम्मा भएको तरुण दलले जनाएको छ।
अध्यक्ष जितजङ बस्नेतले प्रवासमा बसेर पनि संगठनका एक योद्धाप्रतिे अपार माया र सदभाव देखाएको भन्दै धन्यवाद दिएका छन्। उनले देवकोटाको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।