PahiloPost

Jul 3, 2024 | २० असार २०८१

अनुरागविरुद्ध एक्सन नलिए भोक हड्ताल गर्ने पायलको चेतावनी, आज गभर्नरलाई भेट्ने



अनुरागविरुद्ध एक्सन नलिए भोक हड्ताल गर्ने पायलको चेतावनी, आज गभर्नरलाई भेट्ने

बलिउड निर्देशक अनुराग कश्यपमाथि यौन शोषणको आरोप लगाउँदै उजुरी दर्ता गराएकी कलाकार पायल घोषले कारवाही अघि नबढाए भोक हड्ताल गर्ने चेतावनी दिएकी छन्।

उजुरी दिएको वर्सोवा पुलिस स्टेशनले कुनै एक्सन नलिएको भन्दै उनले भोक हड्तालमा बस्ने चेतावनी दिएकी हुन्।

प्रहरीले कारवाही अघि नबढाएपछि पायलले आज महाराष्ट्रका गर्भनर भगतसिंह कोशियारीसँग भेट गरेर ध्यानाकर्षण गराउँदै छिन्।

उजुरी दर्ता गराएको एक साता भइसके पनि आफूलाई सोधपुछका लागि बोलाएको तर अनुरागलाई सोधपुछमा नबोलाएको, गिरफ्तार नगरेको भन्दै उनले असन्तुष्टि जनाएकी छन्। पायलले प्रहरीको कार्यशैलीमा नै प्रश्न उठाएकी छन्।

पायलले सोमवारमात्रै केन्द्रीय मन्त्री रामदास आठवलेसँग भेट गरेकी छन्। भेटपछि मन्त्रीकै उपस्थितिमा पत्रकार सम्मेलन गर्दै पायलले आज महाराष्ट्रका गर्भनर कोश्यारीलाई भेट गर्ने जानकारी दिएकी छन्। भेटमा प्रहरीले अनुरागमाथि कुनै कारवाही नभएको विषयमा गुनासो गर्ने पायलले बताएकी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell