PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

पीसीआरमा ८ अस्पतालको कालोबजारी, शुल्क समायोजन नगरे ल्याब लाइसेन्स खारेज गर्ने सरकारको चेतावनी



पीसीआरमा ८ अस्पतालको कालोबजारी, शुल्क समायोजन नगरे ल्याब लाइसेन्स खारेज गर्ने सरकारको चेतावनी

काठमाडौं:  सरकारले बढी शुल्क लिएर पीसीआर गर्ने विभिन्न ८ वटा निजी अस्पतालका ल्याबहरुलाई तत्काल पैसा घटाउन चेतावनी दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्रवर गौतमले २४ घण्टे अल्टिमेटम दिएका हुन्।

२४ घण्टा भित्र शुल्क समायोजन नगरे परीक्षण अनुमति नै खारेज गर्ने गौतमले बताए। '२४ घण्टाभित्र तोकिएको शुल्कमा समायोजन नगरेमा प्रयोगशालाको परीक्षण स्वीकृति खारेज गरि पत्राचार गर्न राष्ट्रिय प्रयोशालालाई निर्देशन दिने निर्णय भएको छ,' उनले भने।

बढी पैसा लिने अस्पताललाई कालोवजारी गरेको आधारमा प्रयोगशाला बन्द गराउन गृह मन्त्रालय र वणिज्य विभागलाई पत्र पठाउने निर्णय भएको गौतमले जानकारी दिए।

गुणस्तर मापन तथा नियमन माहाशाखाले दिएको प्रतिवेदनले राजधानीका ८ प्रयोशालाले बढी शुल्क लिएको उल्लेख गरेको छ। बीएन्डबी, ह्याम्स, स्टार अस्पताल, सूर्य ल्याब, नेपाल मेडिसटी अस्पताललगायत ८ वटा अस्पतालले सरकारले तोकेभन्दा बढी शुल्क लिएको पाइएको हो। सरकारले भदौ २८ गते नै पीसीआरको शुल्क सबै ल्याबका लागि २ हजार मात्रै तोकेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell