PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

सीमा पारी गएर किनमेल नगरौं, पुरानै लुगा लगाएर दशैं मनाऔं: स्वास्थ्य मन्त्रालय



सीमा पारी गएर किनमेल नगरौं, पुरानै लुगा लगाएर दशैं मनाऔं: स्वास्थ्य मन्त्रालय

काठमाडौं:  सरकारले कोरोना संक्रमणको उच्च जोखिम रहेकाले पुरानै लुगा लगाएर दशैं मनाउन आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा यसपालीको दशैं संक्रमणबाट बच्दै मनाउनुपर्ने भएकाले पुरानै लूगमा मनाउन आग्रह गरे। 'परिवारको सबै सदस्यको स्वास्थ्य सुरक्षाको लागि पुरानै लुगा लगाएर दशैं मनाउने,' उनले भने।

किनमेल गर्दा लिष्ट बनाएर एकैपटक सामान किन्न पनि आग्रह गरे।  'घर नजिकैको बजारमा सामान किनौं। स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर किनमेल गर्न आग्रह गर्छु,'उनले भने।

सीमा क्षेत्रमा बस्नेलाई सीमा पारी गएर किनमेल नगर्न पनि स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ। उनले कोरोनालाई कोसेलीका रुपमा दशैंका बेलामा आफन्तलाई नसार्न आग्रह गरेका छन्। काठमाडौं लगाएतका शहरमा कोरोनाको उच्च जोखिम रहेको भन्दै गौतमले उक्त आग्रह गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell