PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

रोकिराखेको टिप्परमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु



रोकिराखेको टिप्परमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

भक्तपुर : अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायक नगरपालिका–५ चुनदेवीमा रोकिराखेको टिप्परमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। बा ३ ख ८८०३ नम्बरको टिपरमा बा ३० प ९६११ नम्बरको मोटरसाइकल ठोक्किँदा घाइते भएका भक्तपुर नगरपालिका–४ दरबार स्क्वायरका ३८ वर्षीय लक्ष्मण त्वाटीको इवामुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक केशव थेबेले जानकारी दिए।

 

मोटरसाइकल पछाडि सवार ७ वर्षीय प्रमिला लामाको सोही अस्पतालमा उपचार भइरहेको थेबेले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell