PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

सेनाले सांकेतिक रुपमा फूलपाती बढाइँ गर्ने, आधा घण्टाको कार्यक्रममा राष्ट्रपति सहभागी हुने



सेनाले सांकेतिक रुपमा फूलपाती बढाइँ गर्ने, आधा घण्टाको कार्यक्रममा राष्ट्रपति सहभागी हुने
File Photo

काठमाडौं : नेपाली सेनाले शुक्रबार अपराह्न सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गर्दैछ।

राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथिका रुपमा सरिक हुने यसवर्षको फूलपाती बढाइँ कार्यक्रम धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने उद्देश्यले सांकेतिकरूपमा मात्र आयोजना गरिनेछ।

अघिल्ला वर्ष सेनाले भव्य समारोह आयोजना गरी फूलपाती बढाइँ हर्षोल्लासका साथ मनाउँदै आएको थियो। तर कोरोना संक्रमणका कारण यसपटक सांकेतिक रुपमा मात्रै फूलपाती बढाइँ गर्न लागिएको हो।

कोभिड १९ को संक्रमणबाट उत्पन्न परिस्थितिका कारण संस्कृति र परम्परालाई जीवन्तता दिन प्रतिकात्मकरूपमा मात्र यस वर्षको फूलपाती बढाइँ आयोजना गरिने सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताए।

उनका अनुसार यस वर्षको बढाइँमा थोरै कार्यक्रम सामेल गरिएका छ। कार्यक्रम करिब आधा घण्टाको मात्रै हुने उनले बताए।

शुक्रवार हुने कार्यक्रममा सेनाका थोरै सकलदर्जाको सहभागितामा लहरे, एकठ्ठाका अतिरिक्त तोप बढाइँ र ब्याण्ड प्रदर्शन गरिनेछ। कोभिड १९ जोखिमका कारण पाहुनाको संख्या कटौती गरी १०० जनामा सीमित गरिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell