PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

थाइल्यान्डमा सरकार विरुद्ध प्रदर्शन, आन्दोलनबीच हटाइयो आपतकाल



थाइल्यान्डमा सरकार विरुद्ध प्रदर्शन, आन्दोलनबीच हटाइयो आपतकाल
Photo : Getty Images

थाइल्यान्डको राजपरिवार र सरकारको विरोधमा भइरहेको प्रदर्शन नियन्त्रण गर्न लागू गरिएको आपतकाल हटाइएको छ।  

प्रदर्शन उग्र बन्दै गएपछि थाइल्यान्ड सरकारले आपतकाल घोषणा गर्दै ४ जनाभन्दा बढी व्यक्ति भेला हुन र कुनै पनि प्रकारको प्रदर्शन गर्न प्रतिबन्ध लगाएको थियो। तर सरकारको निर्देशनको उल्लंघन गर्दै सयौं प्रदर्शनकारी सडकमा ओर्लिएका थिए। त्यसक्रममा विभिन्न स्थानमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो। आन्दोलनको नेतृत्व गरिरहेका केही नेतालाई प्रहरीले नियन्त्रणमा लिएपछि प्रदर्शन थप बढेको थियो।

थाइ सरकारले प्रदर्शन कम हुँदै गएको र अवस्थालाई नियन्त्रणमा लिन सक्ने भएकाले आपतकाल हटाएको बताएको छ।

केही दिनअघि मात्रै प्रर्दशनकारीबीच हुने सूचना आदान प्रदानलाई रोक्न थाइ सरकारले इन्टरनेट सेवा प्रदायकहरुलाई टेलिग्राम मेसेजिङ एप बन्द गर्न निर्देशन दिएको थियो। सरकारविरुद्ध भइरहेको प्रदर्शनको क्रमा उक्त एप मार्फत सूचनाहरु आदानप्रदान भइरहेको भन्दै सरकारले प्रतिबन्ध लगाएको थियो।

थाइल्यान्डमा प्रदर्शनकारीहरुले करिब एक महिनादेखि राजाको शक्ति न्युनिकरण गर्नुपर्ने तथा प्रधानमन्त्री प्रयुथ चान ‌ओशाको राजीनामा गर्नुपर्ने माग गर्दै आन्दोलनका गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell