PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

चिनियाँ मरुभूमिबाट आउने धुलोले कोरोना भाइरस ल्याउन सक्ने भन्दै नागरिकलाई घरभित्रै बस्न उत्तर कोरियाको निर्देशन



चिनियाँ मरुभूमिबाट आउने धुलोले कोरोना भाइरस ल्याउन सक्ने भन्दै नागरिकलाई घरभित्रै बस्न उत्तर कोरियाको निर्देशन
Photo : KCTV

उत्तर कोरियाले आफ्ना नागरिकहरुलाई घर भित्रै बस्न निर्देशन दिएको छ। चीनबाट आउँदै गरेको 'एल्लो डस्ट' (धुलो) ले कोरोना भाइरसपनि ल्याउन सक्ने भन्दै नागरिकहरुलाई सतर्क रहन भनिएको हो।

उक्त चेतावनीपछि बिहीवार पोङयाङका सडकहरु खाली भएको बताइन्छ। मंगोलिया र चिनियाँ मरुभूमिबाट हरेक वर्ष 'एल्लो डस्ट' उत्तर कोरिया आउने गर्छ। उक्त धुलोमा हानीकारक तत्व रहने गरेकोले दक्षिण र उत्तर कोरियामा त्यसबाट नागरिकहरुको स्वास्थ्यमा समस्या देखिने गरेको थियो।  

उत्तर कोरियाले हालसम्म आफ्नो क्षेत्रमा कोरोना भाइरसको संक्रमण नदेखिएको दाबी गर्दै आएको छ। संक्रमणलाई मध्यनजर गर्दै जनवरीदेखि नै उत्तर कोरियाले आफ्ना सबै सीमा बन्द गरेको छ।  

उत्तर कोरियाले धुलोबाट संक्रमण भित्रन सक्ने भनेपनि भाइरस धुलोबाट सर्न सक्ने बारे हालसम्म पुष्टि भएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell