PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

सैनिक मञ्चमा फूलपाती बढाइँको दृश्य

सैनिक मञ्चमा फूलपाती बढाइँको दृश्य


काठमाडौं : नेपाली सेनाले शुक्रवार सैनिक मञ्च टुंडिखेलमा फूलपाती बढाइँ गरेको छ।

राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी भएको फूलपाती बढाइँ समारोहमा सेनाले फूलपाती बढाइँ कवाजअन्तर्गत राइफलबाट छिटो लहरे र एकठ्ठा बढाइँ गरेको थियो। साथै तोपबाट पनि लहरे र एकठ्ठा बढाइँ प्रस्तुत गरिएको थियो।

बढाइँ कार्यक्रममा सैनिक हेलिकोप्टरले पुष्पवृष्टि गर्नुका साथै सैनिक ब्याण्डले ‘रातो र चन्द्रसूर्य जङ्गी निशान हाम्रो’  बोलको राष्ट्रिय गीत र  दुर्गा भजनको धुन प्रस्तुत गरेका थिए।

 कोभिड–१९ को संक्रमणका कारण यस वर्षको फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने उद्देश्यले सांकेतिकरूपमा मात्र आयोजना गरिएको हो। यस पटक  बढाइँमा थोरै कार्यक्रम सामेल गरिएकाले छोटो मात्र होइन, कोभिड–१९ जोखिमका कारण पाहुनाको संख्या सीमित तुल्याइएको थियो।

तस्विर : राजन काफ्ले
तस्विर : राजन काफ्ले
तस्विर : राजन काफ्ले
तस्विर : राजन काफ्ले
तस्विर : रासस
तस्विर : रासस
तस्विर : रासस


ट्रेन्डिङ पोस्ट

Ncell