काठमाडौं : दुर्गा भवानीको पूजा आराधना गरी बली दिए महानवमी पर्व मनाइयो। महानवमीका दिन घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइने गरिन्छ। साथै शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बली समेत दिने गरिन्छ।
तर यसपटक कोरोना संक्रमणका कारण शक्तिपीठहरुमा पहिला जस्तै भक्तजनहरुको घुइँचो देखिएन। काठमाडौं उपत्यका र बाहिरी जिल्लाका अधिकांश मन्दिरहरु बन्द रहे। भक्तजनहरुले मन्दिर बाहिरबाटै नै देवीको पूजा गरे। यस्तै, यसपटक शक्तिपीठमा नै गएर बली दिने क्रमपनि न्यून संख्यामा मात्रै भयो।
तस्विर : रासस