
फ्रान्समा कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि त्यहाँको सरकारले दोस्रो चरणको लकडाउन घोषणा गरेको छ। महामारी अझै तीव्र रुपमा फैलन सक्ने आँकलन गर्दै त्यहाँका राष्ट्रपति इम्मानुअल म्याक्रोनले लकडाउन घोषणा गरेका हुन्। यसपटकको संक्रमण अघिल्ल संक्रमणभन्दा घातक हुनसक्ने उनले चेतावनी दिएका छन्।
फ्रान्स अहिले विश्वको सबैभन्दा धेरै संक्रमण हुनेहरुको सूचीमा पाँचौ नम्बरमा रहेको छ। हालसम्म फ्रान्समा १२ लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने ३५ हजार बढीको मृत्यु भइसकेको छ।
यस्तो अवस्थामा लकडाउन नगरिएमा वा कुनै योजना नबनाएमा चार लाख बढीको कोरोना संक्रमणका कारण मृत्यु हुन सक्ने भन्दै लकडाउन शुरु गर्न लागिएको राष्ट्रपति म्याक्रोनले बताएका छन्।
शुक्रवारबाट लागू हुने लकडाउन गत मार्चको भन्दा खुकुलो हुने बताइएको छ।