PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

भारतमा सबै नागरिकले कोरोना भ्याक्सिन पाउने, मोदीले भने, 'कोही पनि छुट्ने छैन'



भारतमा सबै नागरिकले कोरोना भ्याक्सिन पाउने, मोदीले भने, 'कोही पनि छुट्ने छैन'

कोरोना भाइरस संक्रमण महामारीबाट जोगिन भारतले भ्याक्सिन अर्थात खोप वितरणको योजना सार्वजनिक गरेको छ।

खोपको ट्रायल चलिरहेका बेला प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा कोभिड भ्याक्सिन उपलब्ध हुने वितिकै हरेक नागरिकले पाउने बताएका छन्। कोही पनि वञ्चित नहुने उनको भनाई छ।

‘म देशलाई आश्वस्त गर्न चाहन्छु कि देशमा भ्याक्सिन उपलब्ध हुने वितिकै हरेकलाई भ्याक्सिन दिइनेछ। कसैलाई वञ्चित गरिनेछैन,' इकोनोमिक्स टाइम्ससँगको अन्तर्वार्तामा मोदीले भनेका छन्।

मोदीले कोरोना संकटमा सरकारले समयमै लिएका निर्णयहरु प्रभावकारी भएको र नागरिकहरुको सहयोगले धेरैको ज्यान जोगाउन सकिएको मोदीको भनाई छ। मोदीले लकडाउन अनलक प्रक्रिया पनि समय सापेक्ष भएको उल्लेख गरेका छन्।

भारत सरकारले खोप वितरणका लागि तयारी गरिरहेको छ। सबै नागरिकलाई खोप उपलब्ध गराउन ५० हजार करोड रुपैयाँसम्मको बजेट छुट्टयाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell