PahiloPost

Sep 22, 2024 | ६ असोज २०८१

इरानका वरिष्ठ आणविक वैज्ञानिकको हत्या



इरानका वरिष्ठ आणविक वैज्ञानिकको हत्या
फोटो : EPA

इरानका उच्च आणविक वैज्ञानिक मोहसेन फाख्रिजदेहको हत्या भएको छ। राजधानी तेहरान नजिकै वैज्ञानिक मोहसेन सवार कारमा आक्रमण भएको थियो। आक्रमणमा परी घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको इरानी रक्षा मन्त्रालयले पुष्टि गरेको समाचारहरुमा जनाइएको छ।

इरानी पक्षले यो घटनाको जिम्मेवार इजरायली भएको आरोप लगाएका छन्। सन् २०१८ मा इजरालयी प्रधानमन्त्री बेन्जामिन नेतन्यहुले ती वैज्ञानिकको नामै तोकेर विरोध गरेको भिडियो अहिले सामाजिक सञ्जालमा देखिएका छन्।

इजरायलले भने यो आक्रमणको कुनै दाबी गरेको छैन।

यसअघि सन् २०१० र २०१२ मा पनि चार इरानी आणविक वैज्ञानिकको हत्या भएको थियो। पछिल्लो समय इरान आणविक हतियारको विकासमा लागि परेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell