PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

अमेजनको जंगली क्षेत्र विनाश हुने क्रम बढ्यो



अमेजनको जंगली क्षेत्र विनाश हुने क्रम बढ्यो
Photo : Reuters

ब्राजिलको अमेजन जंगल क्षेत्र विनाश भइरहेको अध्ययनहरुले देखाएको छ। सन् २००८ पछि ब्राजिलको यो रेन फोरस्ट विनाश हुने क्रम उच्च विन्दुमा पुगेको हो।

वैज्ञानिकहरुका अनुसार जैर बोलसोनारो सन् २०१९ को जनवरी देखि राष्ट्रपति बनेदेखि अमेजनको विनाश हुने क्रम बढेको हो। सन् २०१९ को अगस्तदेखि सन् २०२० को जुलाइसम्म मात्रै ११ हजार ८८ स्क्वायर किलोमिटर जंगली क्षेत्र विनाश भएको छ। यो गत वर्ष भन्दा ९.५ प्रतिशतले बढी हो।

अमेजनमा करिब ३० लाख वनस्पति र जीवजन्तु रहेका छन्। यस्तै करिब १० लाख मानिस यहाँ बसोबास गर्ने गर्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell