PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

कलाकार रवि पटवर्धनको निधन



कलाकार रवि पटवर्धनको निधन

हिन्दी र मराठी फिल्म, टेलिभिजन र नाटकका चर्चित कलाकार रवि पटवर्धनको आज विहान कार्डिएक अरेस्टबाट निधन भएको छ। ८४ वर्षीय रविमा लामो समयदेखि मुटुको समस्या थियो।

भारतीय सञ्चारमाध्यमका अनुसार शनिवारमात्रै मुटुको समस्या बल्झिएको थियो। शनिवार राती श्वासप्रश्वासमा समस्या भएपछि उनलाई एक निजी अस्पतालमा भर्ना गरिएको थियो।

यद्यपि उनको अवस्थामा कुनै सुधार भएन। आज विहान निधन भयो। यसअघि मार्चमा उनलाई हर्टअट्याक भएको थियो।

मराठी-हिन्दी फिल्म र सीरियलमा दादाजीको भूमिकामा देखिने रवि पटवर्धनले आफ्नो करियरमा दुई सयभन्‍दा बढी फिल्म र १५० भन्दा बढी नाटकमा काम गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell