PahiloPost

Sep 20, 2024 | ४ असोज २०८१

भारतमा चर्किँदै किसान आन्दोलन : आज भारत बन्द, दिल्ली घेर्दै किसान



भारतमा चर्किँदै किसान आन्दोलन : आज भारत बन्द, दिल्ली घेर्दै किसान
फोटो : Bhaskar.com

भारतमा किसान आन्दोलन थप चर्किएको छ। किसानहरुले आज ११ बजेदेखि ३ बजेसम्म चक्काजामको आयोजना गरेका छन। सरकारको विरुद्धमा शुरु गरेको बन्द प्रदर्शनका क्रममा किसानहरुले नेतालाई ठाउँ दिएका छैनन्। विभिन्न पार्टीले समर्थन जनाएपनि प्रदर्शनमा उनीहरुलाई पार्टीको झन्डा बोक्न मनाही गरिएको छ।

शान्तिपूर्ण प्रदर्शनका क्रममा उनीहरुले एम्बुलेन्स र आपत्कालीन सेवालाई कुनै बाधा पुर्‍याएका छैनन्। भारत बन्दको असर सबैभन्दा धेरै भारतीय जनता पार्टी शासित १५ राज्यमा देखिएको भास्करले जनाएको छ। हरियाणामा किसान कडा आन्दोलनमा छन्।

कृषि कानुनको विरोधमा उत्रिएका किसानहरुले १३ दिन यता प्रदर्शन जारी राखेका छन्। उनीहरुले दिल्लीलाई चौतर्फी घेरा हान्दै गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ। किसानको आन्दोलनलाई १० ट्रेड युनियन र २० विभिन्न दलको समर्थन प्राप्त रहेको छ। यसैबीच भुवनेश्वर रेलवे स्टेसनमा प्रदर्शनकारीले रेल रोकिदिएका छन्। यद्यपि यहाँ प्रदर्शनमा उत्रेका केहीलाई प्रहरीले रेलको ट्र्याकबाट हटाएर हिरासतमा लिएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell