PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

विवाहकै दिन दुलहीमा कोरोना संक्रमण पुष्टि, कोभिड सेन्टरमै पीपीइ लगाएर सम्पन्न भयो विवाह



विवाहकै दिन दुलहीमा कोरोना संक्रमण पुष्टि, कोभिड सेन्टरमै पीपीइ लगाएर सम्पन्न भयो विवाह
Photo : ANI

भारतमा कोरोना भाइरस महामारीको संक्रमणबीच एक जोडीले पीपीइ लगाएर विवाह गरेका छन्।

विवाहकै दिन दुलहीमा कोरोना संक्रमण पुष्टि भएपनि यी जोडीले निर्धारित विवाह कार्यक्रम रोकेनन्। नवविवाहित जोडीसँगै पण्डित र उपस्थित १ जना व्यक्तिले समेत पीपीइ, फेस सिल्ड र ग्ल्भस लगाएका थिए। 

राजस्थानको केलवारा कोभिड सेन्टरमा उनीहरुको विवाह भएको हो।

डिसेम्बर ६ मा एएनआइले उक्त भिडियो ट्वीटरमा सार्वजनिक गरेको थियो। अहिले संक्रमण पुष्टि भएपनि विवाह गरिरहेको उक्त भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell