PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

मानवअधिकारकर्मीहरुको शान्तिपूर्ण खबरदारी सभामा प्रहरीको धरपकड



मानवअधिकारकर्मीहरुको शान्तिपूर्ण खबरदारी सभामा प्रहरीको धरपकड

काठमाडौं : अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा माइतीघर मण्डलमा भेला भएका मानवअधिकारकर्मीमाथि प्रहरीले धरपकड गरेको छ।

मानवअधिकार उल्लंघनबाट पीडित भएकाहरुलाई न्याय माग्दै सरकारलाई खबरदारी गर्न भन्दै ब्यानर सहित उभिएर शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन गरिरहेका मानवअधिकारकर्मीमाथि प्रहरीले बल प्रयोग गरेको हो। त्यसक्रममा प्रहरीले न्यायका लागि मानवअधिकार संजालका अध्यक्ष इन्द्रप्रसाद अर्याललाई घिसारे लछारपछार गर्दै धरपकड गरेको हो।  

शान्तिपूर्ण रुपमा भेला भएका मानवअधिकारकर्मी दिनेश त्रिपाठी, ओम प्रकाश अर्याल, महामुनिश्वर आचार्य, हरि तिमिल्सिना, राजन कुइकेललगायतमाथि समेत दुर्व्यवहार भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell