इरान सरकारले पत्रकार रुहोल्लाह जामलाई मृत्युदण्ड दिएको छ।
अनलाइनबाट देशको खराब आर्थिक स्थितिका बारे रुहोल्लाहले समाचार पोस्ट गरेका कारण सन् २०१७ मा सरकारविरोधी प्रदर्शनहरु भएका थिए। सन् २०१९ मा पत्रकार जामलाई पक्राउ गरिएको थियो। जुनमा उनलाई राज्यविरुद्ध अपराध गरेको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएको थियो।
पत्रकार जामलाई मृत्युदण्ड दिनुलाई मानव अधिकारको ठाडो उल्लंघन भएको रिपोर्टर्स विदाउट बोर्डर्सले जनाएको छ। यस्तै एमनेस्टीले पनि जामलाई मृत्युदण्ड दिइएपछि आपत्ति जनाएको छ।