PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

९ महिनापछि सुरु भयो काठमाडौं-दिल्ली हवाई उडान



९ महिनापछि सुरु भयो काठमाडौं-दिल्ली हवाई उडान

काठमाडौं : करिब  ९ महिनापछि बिहीबार नेपाल वायुसेवा निगमले काठमाडौं-दिल्ली उडान थालेको छ। बिहीबार उडेको जहाजमा यात्रुको अकुपेन्सी ९० प्रतिशतभन्दा बढी रहेको निगमकी प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिइन्। कोरोना संक्रमणका कारण गत वर्ष चैत पहिलो सातादेखि नेपाल भारत हवाई उडान रोकिएको थियो।

'आजको उडानमा यात्रु अकुपेन्सी उल्लेख्य थियो। हामीले एयरबस ३२० (न्यारोबडी जहाज) उडान गरेका छौँ,' उनले भनिन्।

निगमका अनुसार आज ११:२० बजे काठमाडौंबाट दिल्लीको लागि पहिलो उडान उडेको हो। दिउँसो २ बजे दिल्ली-काठमाडौं उडान हुनेछ। यो गन्तव्यका लागि निगमले एकतर्फी न्यूनतम उडान शुल्क करिब १४ हजार रुपैयाँ निर्धारण गरेको छ।

भारतको ध्वजावाहक वायुसेवा कम्पनी एयर इण्डियाले अर्को साता बिहीबारदेखि दिल्ली-काठमाडौं-दिल्ली उडान गर्ने जनाएको छ। सोमबार उडान तालिका पाएसँगै कम्पनीले अग्रिम बुकिङ सुरु गरिसकेको कम्पनीका एक कर्मचारीले बताए। 'हामीले बुकिङ लिन सुरु गरिसकेका छौँ। माग राम्रै आइरहेको छ,' ती कर्मचारीले भने।

कम्पनीले काठमाडौं-दिल्ली उडानका लागि सोमबार, मंगलबार र बिहीबार विहान ११:१५ बजेको स्लट पाएको र आइतबार, बुधबार, शुक्रबार र शनिबार दिउँसो २:३० बजको स्लट पाएको जनाएको छ। यसैगरी कम्पनीले दिल्ली-काठमाडौं उडनका लागि पहिलो तीन दिनका लागि बिहान ८:३० बजेको र बाँकी चार दिनका लागि दिउँसो १२:०० बजेको स्लट पाएको जनाएको छ।

कम्पनीले यो उडानका लागि कम्पनीले एकतर्फी उडान भाडादर १२ हजार तीन सय रुपैयाँ निर्धारण गरेको र दुईतर्फी भाडादर २० हजार चार सय रुपैयाँ निर्धारण गरेको कम्पनीले जनाएको छ।

'तुलनात्मक रुपमा हामीले सामान्य अवस्थामा जस्तै यो गन्तव्यका लगि सस्तो भाडादर कायम गरेका छौँ,' कम्पनीका एक कर्मचारीले भने। कोभिड-१९का कारण यी दुई गन्तब्यबीच करिब ९ महिनादेखि उडान बन्द गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell