PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

ओलीले संविधानको चिरहरण गरे : रामचन्द्र पौडेल



ओलीले संविधानको चिरहरण गरे : रामचन्द्र पौडेल

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटन गरेर प्रधानमन्त्री ओलीले संविधानको चीरहरण गरेको निष्कर्ष निकालेको छ। आइतवार बसेको काँग्रेस पदाधिकारी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले गैरसंवैधानिक र अलोकतान्त्रिक कदम चालेर संसद विघटन गरेको भन्दै भर्त्सना गरेको हो। बैठकपछि पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद विघटन गरेर देशलाई अस्थिरता तिर लैजाने र लोकतन्त्रमाथि संकट पैदा गर्ने काम भएकोले सडकबाट सामना गर्ने निर्णय भएको बताए।

‘प्रधानमन्त्री केपी शर्मा ओलीले देशको संविधानको चीरहरण गर्दै अहिले संसद विघटन गर्नुभयो यो कुनै पनि हालतमा बैधानिक छैन। नेपालको संविधानलाई चीरहरण गरिएको छ,' नेता पौडेलले भने, 'आलोकतान्त्रिक कदम प्रधानमन्त्रीले चाल्नुभएको छ र यसको नेपाली कांग्रेसले घोर भर्त्सना गर्दछ। यसले राष्ट्रलाई अस्थिरतातिर लैजाने लोकतन्त्रलाई संकटतिर लैजाने छ। यो अत्यन्त निन्दनिय काम भयो हामी यसको समाना गछौं।’

यस्तै नेता रमेश लेखकले संसद विघटन गरिएको प्रति पार्टीको गम्भिर ध्यानाकर्षण भएको बताए। बैठकले सरकारको अधिनायकवादी, सर्वसत्तावादी र निरंकुश चरित्रबाट उत्पन्न निन्दनीय कार्य भएको ठहर गरेको पनि नेता लेखकले बताए। उनले भने, ‘हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भयो। हामीले यो कदम लोकतान्त्रिक मूल्य र मान्यताका प्रतिकुल, संवैधानिक व्यवस्थाका खिलाप नेपाल कम्युनिष्ट पार्टीको सरकारको अधिनायकवादी, सर्वसत्तावादी र निरंकुश चरित्रबाट उत्पन्न निन्दनीय कार्य हो भन्ने हाम्रो बैठकले ठहर गरेको छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell