PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

माइतीघरमा उखु किसानको नारा : 'सरकार सत्ता जोगाउन मस्त, हामी सडकमा बस्न बाध्य'

माइतीघरमा उखु किसानको नारा : 'सरकार सत्ता जोगाउन मस्त, हामी सडकमा बस्न बाध्य'


काठमाडौं :  उखुको भुक्तानी नपाएपछि तराईका किसान काठमाडौंमा आन्दोलनरत् छन्। केही हप्तादेखि माइतीघरमा प्रदर्शन गरिरहेका किसान हरेकदिन भुक्तानीको माग गर्दै माइतीघर पुगिरहेका छन्।

सरकारले उखु किसानको भुक्तानी नदिए उद्योगीहरुलाई कारवाही गर्ने चेतावनी दिइसकेको छ। केही उद्योगीहरुले भुक्तानी दिने घोषणा पनि गरिसकेका छन्। यता किसानले भने आफ्नो धर्ना जारी राखेका छन्। सरकार अहिले आफ्नो सत्ता जोगाउन मै मस्त रहेको भन्दै किसानले आफूहरु सडकमा आएर दैनिक बस्दा समेत सरकारले कुनै चासो सहमति पालना गर्ने कुनै प्रयास नगरेको बताएका छन्।

 

गतवर्ष पनि उखु किसानले काठमाडौंमा आएर प्रदर्शन गरेका थिए। त्यसपछि भुक्तानी दिने सम्बन्धमा उद्योग मन्त्रालय, उद्योगी र किसानबीच सहमति समेत भएको थियो। केही किसानले भुक्तानी पाए पनि। तर सहमति भएको करिब एक वर्ष पुग्न लाग्दासम्म सबै किसानले भुक्तानी पाएका छैनन्। त्यसैले न्याय माग्दै उनीहरु फेरि काठमाडौं आएका हुन्।



ट्रेन्डिङ पोस्ट

Ncell