PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

पानीको स्रोत संरक्षण नगरे भविष्यमा ठूलो क्षति व्यहोर्नु पर्नेछ : जलस्रोत विज्ञ



पानीको स्रोत संरक्षण नगरे भविष्यमा ठूलो क्षति व्यहोर्नु पर्नेछ : जलस्रोत विज्ञ

काठमाडौं : पानीको स्रोतलाई संरक्षण गर्न नेपाल सरकारले अहिले नै ध्यान दिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन्।

बिहीबार काठमाडौंमा भएको दक्षिण एशियाको जलस्रोत र नेपाल दृष्टि बारे अन्तरक्रियामा सहभागी भएका वक्ताहरुले पानीको उपयोगको प्राथमिकता बताउँदै स्रोत संरक्षण गर्न आवश्यक भएको बताएका हुन्।

नेपाल सरकारका पूर्वमुख्य सचिव लिलामणि पौडेलले नेपालको जलस्रोतलाई विद्युत उत्पादनमा मात्रै जोड दिनु भन्दा खानेपानी, सिँचाई लगायतको क्षेत्रमा उपयोग गर्नका लागि सबैभन्दा पहिला स्रोत सुनिश्चितता गर्नुपर्ने बताए।

न्तरक्रियामा जलस्रोत विज्ञ दीपक ज्ञवालीले पानीको स्रोत संरक्षण र व्यवस्थापन गर्न नसके नेपालले भविष्यमा ठूलो क्षति व्यहोर्नुपर्ने बताए। नेपालले पानीको रणनैतिक स्रोतको व्यवस्थापन र उपयोग गर्न सके लाभ हुने उनको भनाई थियो।

पानीको स्रोतलाई विद्युत उत्पादनसँग मात्रै जोडेर हेर्दा नेपालको स्रोत नै गुम्न सक्ने अवस्था आउनेमा सचेत हुनुपर्नेमा पनि विज्ञहरुले जोड दिएका छन्। पानीलाई विद्युत बाहेकका अन्य क्षेत्रमा समेत उपयोग गर्न सकेमा अधिकतम लाभ लिन सकिने पनि विज्ञहरुले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell