जो वाइडेनलाई अमेरिकी राष्ट्रपति निर्वाचित गर्न बसेको सदनको संयुक्त बैठकमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले आक्रमण गरेपछि भएको मुठभेडमा मृत्यु हुनेको संख्या चार पुगेको छ।
बीबीसीका अनुसार क्यापिटलमा आक्रमणका क्रममा प्रहरीसँगको झडपको क्रममा चारजनाको मृत्यु भएको हो। मृत्यु हुनेमा दुई पुरुष र दुई महिला रहेका छन्।
वासिङ्टन डिसीमा अहिले कर्फ्यु लगाइएको छ भने सुरक्षा व्यवस्था कडा पारिएको छ। डिसी प्रहरीका अनुसार संसद भवनमा प्रवेश गरेका चार जनाको मृत्यु भएको हो। एकजना महिलाको मृत्यु प्रहरीको गोली लागेर भएको हो। अन्य तीनजनाको मृत्यु 'मेडिकल एमर्जेन्सी' को परिणाम भएको प्रहरीले जनाएको छ।
संसद भवनमा चलिरहेको सत्र बिथोल्न पुग्नेहरुमध्ये प्रहरीले ५२ जनालाई नियन्त्रणमा लिएको छ। ४२ जनालाई कर्फ्यू उल्लंघन गरेको अभियोगमा पक्राउ गरिएको जनाइएको छ।